पोखराबाट हेम्जा हुँदै त्यहाँको मनमोहक सडक पार गरेपछि धाम्पुसको उकालो लागियो। मार्दी आधारशिविर यात्रामा निस्कनेहरू धाम्पुस, काँडे, सिदिङ्, लान्द्रुकबाट यात्रा थाल्ने रहेछन्। हामी छोटो दुरीको हिसाबले छोटो होस् भनेर पोखराको हरीचोकबाट पिकअप बोलेरोमार्फत लान्द्रुकसम्म पुग्यौँ।
आहा! अडिग भएर पनि मुस्कुराई रहेको हिमालले सबै पर्यटकक/पदयात्रीहरूको थकान मेटाई दियो। आफ्नो सुन्दरताले सबैलाई मोहित पार्दै झन् झन् नजिक तान्यो।
अन्तत: दोस्रो दिनको करिब १० घण्टाको हिडाईपछि हाइक्यम्प पुग्यौँ बेलुका ५ बजे तिर।
तेस्रो दिनको बिहानै उठेर भ्यू प्वाइन्टहुँदै मार्दि आधारशिविरसम्म निस्कियौँ। भ्यू प्वाइन्टसम्मको यात्रा लहरै सिँडिका उकालोमा थकाईको अनुभुति हिमाल खुल्ने आशामा मेटिएको थियो। अघिल्लो दिउँसोदेखि नै कुहिरोले छोपेको अन्नपूर्ण र माछापुच्छ्रे बिहान सूर्योदय हुनेबेलासम्म पनि उस्तै छोपिएकोले पदयात्रामा रमाएका करिब सबै पर्यटक निराश देखिन्थे।
भनिन्छ नी बाँच्नका लागि आशा र यात्राको लागि साहस चाहिन्छ; हामी आशा र साहसको साथ मार्दि आधारशिविरका लागि अघि बढ्यौँ। नभन्दै आधारशिविरको लागि आधाभन्दा धेरै बाटो काटिसकेपछि कुहिरोलाई चिर्दै बेप्रवाह अडिग उभिएर लहरै मुस्कुराउन थाल्यो माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण सहितका हिमालहरू।
आँखै अघि शान्त बनेर उभिएका, अटल बनेर मुस्कुराई रहेका, चिरपरिचितदेखि अपरिचित सबैलाई मोहित बनाउने निडर हिमाल आँखै झिमिक्क नगरी हेरी रहौँ लाग्यो।।
Source: Janachaso Khabar
Watch Full Video on Youtube