Skip to main content

Trek to Mardi (Pictures)

 पोखराबाट हेम्जा हुँदै त्यहाँको मनमोहक सडक पार गरेपछि धाम्पुसको उकालो लागियो। मार्दी आधारशिविर यात्रामा निस्कनेहरू धाम्पुस, काँडे, सिदिङ्, लान्द्रुकबाट यात्रा थाल्ने रहेछन्। हामी छोटो दुरीको हिसाबले छोटो होस् भनेर पोखराको हरीचोकबाट पिकअप बोलेरोमार्फत लान्द्रुकसम्म पुग्यौँ।


लान्द्रुकबाट शुरु भयो पदयात्रा, उकालो लागेर फरेष्ट क्याम्प, लोक्याम्प हुँदै हाइक्याम्पतर्फ लागियो। उकालो बाटो, बाटै भरी ढुङ्गाले छप्पनी छापेर बनाएका नयाँ सिँढीहरू। सँगै हिँडेको साथीहरू केही दुरीमै कुहिरोमा बिलाउँथे। धुँवाजस्तै रगमगिएको कुहिरोले एकैछिनमा माछापुच्छ्रे र अन्नपूर्ण दक्षिणलाई लुकाउँथ्यो, घरी उघ्रिन्थ्यो अनि पर्यटकहरूको उमङ्गको चिच्याहट गुञ्जिन्थयो।

आहा! अडिग भएर पनि मुस्कुराई रहेको हिमालले सबै पर्यटकक/पदयात्रीहरूको थकान मेटाई दियो। आफ्नो सुन्दरताले सबैलाई मोहित पार्दै झन् झन् नजिक तान्यो।

अन्तत: दोस्रो दिनको करिब १० घण्टाको हिडाईपछि हाइक्यम्प पुग्यौँ बेलुका ५ बजे तिर।

तेस्रो दिनको बिहानै उठेर भ्यू प्वाइन्टहुँदै मार्दि आधारशिविरसम्म निस्कियौँ। भ्यू प्वाइन्टसम्मको यात्रा लहरै सिँडिका उकालोमा थकाईको अनुभुति हिमाल खुल्ने आशामा मेटिएको थियो। अघिल्लो दिउँसोदेखि नै कुहिरोले छोपेको अन्नपूर्ण र माछापुच्छ्रे बिहान सूर्योदय हुनेबेलासम्म पनि उस्तै छोपिएकोले पदयात्रामा रमाएका करिब सबै पर्यटक निराश देखिन्थे।

भनिन्छ नी बाँच्नका लागि आशा र यात्राको लागि साहस चाहिन्छ; हामी आशा र साहसको साथ मार्दि आधारशिविरका लागि अघि बढ्यौँ। नभन्दै आधारशिविरको लागि आधाभन्दा धेरै बाटो काटिसकेपछि कुहिरोलाई चिर्दै बेप्रवाह अडिग उभिएर लहरै मुस्कुराउन थाल्यो माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण सहितका हिमालहरू।



mardi

आँखै अघि शान्त बनेर उभिएका, अटल बनेर मुस्कुराई रहेका, चिरपरिचितदेखि अपरिचित सबैलाई मोहित बनाउने निडर हिमाल आँखै झिमिक्क नगरी हेरी रहौँ लाग्यो।।

Source: Janachaso Khabar

Watch Full Video on Youtube 



Comments

Popular posts from this blog

First Post

How This Blog Began — My First Step Into Writing May 14, 2019 • Updated: May 17, 2026 • 4 min read I started this blog back in 2019 with a simple thought: "I want to write and share things." But honestly, I had no idea what to write or how to begin. Like many people, I felt my life was ordinary — nothing interesting enough to share with the world. That first post was just a few lines. A confession. I wanted to write, but I didn't know where to start. I felt like I had nothing special to say compared to others who shared their exciting adventures and achievements. Years passed. Life happened. And somewhere along the way, I discovered something that changed my perspective completely — trekking.

Ama Yangri Short Trek

Ama Yangri Trek May 17, 2026 • 6 min read "Ama Yangri — 3,770m. Yaha bata Everest, Lhotse, Makau dekhi Langtang, Ganesh Himal samma dekhincha. Ra Kathmandu bata 2 din ma pugne" Thorai time ma Himalayan view herna man cha? Ama Yangri (आमा याङ्ग्री) — Sindhupalchok ko Helambu region ma baseko holy peak. 3,770m ko height bata Everest, Makalu, Lhotse, Nuptse, Langtang, Ganesh Himal sabai dekhincha. Ra Kathmandu bata direct bus chaincha Tarke Ghyang samma. Yo guide ma complete detail cha — bus timing, cost, trail condition, accommodation, ra duitai option (bus ra bike/car).